दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो

तोलाकाे ९० हजारमाथि
मंगलबार, असोज १९, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ । म‌ंगलबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७७ हजार ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । मंगलबार बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । साेमबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ९९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार