सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका वडा नं ४ नख्खुस्थित वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मकद्वार निर्माण भएको छ । उक्त पाटी र कलात्मकद्वारको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । यो द्वार र पाटी निर्माणका लागि ललितपुर महानगरपालिकाले ४० लाख प्रदान गरेको थियो । नगरप्रमुख महर्जनले समयमै काम सम्पन्न गरेकोमा धन्यवाद दिँदैं गुरुयोजना अनुसार काम गर्न सुझाव दिए । गत असोजको पहिलो साता पाटी र द्वारको शिलान्यास गरिएको थियो । यो मन्दिर परिसरमा चारवटा घाट छन् । उक्त घाटमा मुख्यगरी ललितपुरका नेवार समुदायको दाहसंस्कार गरिन्छ । गुरुयोजना अनुसार यो क्षेत्रको निर्माण सम्पन्न गर्न वित्तिय संघसंस्थाको सहयोग लिन सकिने नगरप्रमुख महर्जनले बताए । बैंकलगायतका अन्य वित्तिय संघ सस्थासँग सहयोगका लागि प्रस्ताव राख्न समितिलाई उनले अनुरोध गरे । सार्वजनिक सम्पत्ति निर्माणका लागि सहयोगी मन र हातसँग सहयोग माग्नुपर्ने धारणा उनको थियो । पुनर्निर्णाण र जिर्णाेद्धारको काम गर्दा रुख विरुवा जोगाउन अनुरोध गरे । नगरप्रमुख महर्जनले सार्वजनिक सम्पत्ति संरक्षणमा स्थानीय जनताको भूमिका महत्वपूर्ण हुने बताए । महानगरपालिका सहरी विकास योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले गुरुयोजना अनुसार काम अघि बढेको बताए । यस क्षेत्रको गुरुयोजना तयार पारेका महर्जनका अनुसार मन्दिर परिसरमा रहेका चारवटा घाट मध्ये दुईवटा मर्मत भएका छन् । विद्युतीय शवदाह गृहलगायत अन्य केही महत्वपूर्ण पूर्वाधारहरु निर्माण हुन बाँकी रहेको उनले जानकारी दिए । वैष्णवीदेवी मन्दिर तथा श्मशान क्षेत्र सुधार समितिका अध्यक्ष रत्नलाल महर्जनले कलात्मक द्वारले सुन्दरता थपिएको बताए । गुरुयोजना अनुसार यस क्षेत्रको पुननिर्माण र जिर्णाेद्वार हुँदा आकर्षक हुने धारणा राखे । कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १३ का वडाअध्यक्ष गणेश केसी, वडा नं ४ का वडासदस्य सन्तोष खड्काको उपस्थिति थियो । यसैगरी कार्यक्रममा समितिका उपाध्यक्ष युवराज शाक्य, कोषाध्यक्ष सानुलाल महर्जन र सदस्य भगवान शाही सहभागी थिए ।