दक्षिण कोरियामा अनलाइन विजनेशको आकर्षण बढ्दो 

मंगलबार, असोज १९, २०७८
मयुर प्लाई
Global Ime Bank

सोल । दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ ।  सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत अगस्ट महिनामा दुई अङ्कले वृद्धि भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।  कोरोनाभाइरसको महामारीका कारण कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू अझै पनि लागू भएकाले पनि अनलाइन किन्नेहरूको सङ्ख्या बढेको अनुमान गरिएको छ । 
अनलाइनबाट किन्नेहरूमध्ये खाना माग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र खाना विक्री गरेर मात्रै लाखौँ रूपैयाँको कारोबार भएको पाइएको छ । सरकारी अधिकारीहरूका अनुसार गत महिनामा १६.८ प्रतिशतले अनलाइनबाट किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको हो । यो सङ्ख्या सन् २००१ देखिकै सबैभन्दा धेरै भएको बताइएको छ । दक्षिण कोरियामा अहिले पनि दैनिक १५ सयभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् भने केही अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार