सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बुधबार, असोज २०, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष यसले ५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव २६ प्रतिशत गरी कुल पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सो लाभांश सेयरधनीलाई वितरण हुनेछ । बैंकको हाल चुक्ता पूँजी दुई अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ छ। बैंकको १० प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पूँजी तीन अर्ब एक करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार