ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने

बुधबार, असोज २०, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै सो बोनस सेयर सेयरधनीलाई वितरण हुनेछ । हाल चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ भएको लघुवित्तको २८ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार