सोसल मिडिया
Contact Us
युनिकोड
पाल्पा :
शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेको छ । नव आगन्तुक विद्यार्थीहरूलाई दशैँ, तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा ताला लगाएको हो ।
क्याम्पस प्रशासनसँग अनुमति लिएर गरिएको कार्यक्रममा नगर प्रमुख नै उपस्थित भएर कार्यक्रम बिथोलेको आरोप लगाइएको छ ।
अनेरास्ववियु क्याम्पस कमिटी संयोजक मधुसूदन आचार्यले नेपाली कांग्रेसका नेताहरू नै उपस्थित भएर विद्यार्थीलाई हातपात गरेको आरोप लगाएका छन् ।
क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार अनेरास्ववियुले क्याम्पससँग परामर्श गरेर कार्यक्रम पहिला नै तय गरेको भए पनि पछि नेविसंघले कार्यक्रम गर्ने भनेपछि विवाद भएको हो ।