गौर नाका खुलेपछि बैरगनियामा किनमेल गर्नेको भीड

बुधबार, असोज २०, २०७८
मयुर प्लाई
Global Ime Bank

रौतहट : 

डेढ वर्षअघिदेखि बन्द रहेको गौर बैरगनिया नेपाल-भारत सीमा नाकामा बुधबारदेखि सार्वजनिक सवारी संचालन भएका छन् ।

गृह मन्त्रालयले एक साताअघि जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल-भारत सीमा नाका खोल्न निर्देशन दिएको थियो । गौर बैरगनिया नाका नेपालतर्फ खुले पनि भारतीय पक्षले सवारी साधन आवागमन गर्न दिएको थिएन । पैदल आवतजावत गर्न भने दिइएको थियो ।

तर, बुधबारदेखि भने भारतीय पक्षले पनि सवारी संचालन गर्न दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

यात्रुवाहक सवारी साधन संचालनमा आएपछि दुवै देशका स्थानीयले खुसी व्यक्त गरेका छन् । कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा अपनाउन भने स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सार्वजनिक सवारी साधन खुलेपछि चाडपर्वका लागि किनमेल गर्न भारतको बैरगनिया जानेको घुइँचो लागेको छ ।

कोरोना संक्रमण जोखिमका कारण ११ चैत २०७६ देखि सो नाका बन्द गरिएको थियो ।

सो नाका हुँदै नेपालबाट मानिस बैरगनिया, सीतामढी, दरभंगा, मुजफ्फरपुर, पटनालगायतका शहर दिनहुँ जाने आउने गर्छन् ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार