घटस्थापनाको बिदाले आज सेयर बजार बन्द

बिहीबार, असोज २१, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले नेपालीको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ । त्यसैले, आज नेप्सेकाे कार्यायल बन्द भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । बुधबार नेप्से सूचक ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । कुल चार अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार