दुवै मिर्गौला फेल भएका टेकबहादुरलाई प्रवासबाट एक लाख सहयोग 

शुक्रबार, असोज २२, २०७८
मयुर प्लाई
Global Ime Bank

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ बडहरे तल्लो खोक्सेलीका दुवै मिर्गौला फेल भएका टेकबहादुर मगरलाई प्रवासमा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ । दुबै मिर्गौला फेल भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका मगरलाई खोटाङ सेवा समाज यूएईमार्फत एक लाख एक हजार आर्थिक सहयोग प्राप्त भएको हो । यूएईमा सञ्चालन गरिएको ‘टेकबहादुर मगर बचाऔं अभियान’ अन्तर्गत दुबई क्षेत्रबाट रोशन मगर, प्रकाश मगर, शेखरनाथ घिमिरे, नवीन थुलुङ, भगवती चाम्लिङ राई तथा अवुधावी क्षेत्रबाट सन्देश भुजेल, तेजबहादुर राई, हिराधन राईलगायतका अभियन्ताको पहलमा मिर्गौलाको रोगबाट पीडित मगरको सहयोगार्थ रकम संकलन गरिएको हो ।

       प्रवासमा रहेका शुभेच्छुक अभियान्ताको पहलमा संकलन भएको सहयोग रकम अभियान्ता शेखरनाथ घिमिरेले गोर्खापत्र संस्थानको प्रधान कार्यालय अगाडि रहेको भूगोलपार्कमा पुगेर मिर्गौलाको समस्याबाट पीडित मगरलाई हस्तान्तरण गरेका छन् । खोटाङका विभिन्न स्थान घर भई हाल यूएईमा रहेका अभियन्ता खोटाङ सेवा समाज यूएईमा आवद्ध छन् । दुवै मिर्गौला फेल भएपछि आर्थिक रूपमा विचल्लीमा पबरेका मगर परिवारको आग्रहमा प्रवासमा सहयोग संकलन अभियान सञ्चालन गरिएको अभियान्ता घिमिरेले बताए । दुवै मिर्गौला फेल भएका मगरको आमा, श्रीमती र तीन बालबच्चा छन् । आर्थिक रूपमा कमजोर भएका कारण मिर्गौलाको उपचारका लागि आर्थिक सहयोग जुटाइएको खोटाङ सेवा समाज यूएईले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार