दशैँ-तिहारको बहार खोज सेवा डटकमको बम्पर उपहार

शुक्रबार, असोज २२, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं : बडादशैँ, तिहार र छटको अवसरमा खोज सेवा डटकमले सेवा प्रदायकहरूको लागि बम्पर उपहार कार्यक्रम सार्वजनिक गरेको छ ।

घटस्थापनादेखी सुरु भएको बम्पर उपहार कार्यक्रममा एक जना भाग्यशाली सेवा प्रदायकले आफ्नो व्यवसायका लागि नि:शुल्क वेवसाइट प्राप्त गर्नेछन् भने बाँकी २ जना सेवा प्रदायकले आफ्नो व्यवसाय, उत्पादन वा सेवाको लागि सामाजिक सञ्जाल र करपोरेट ब्राण्डिङ उपहार प्राप्त गर्नेछन् । 

यसका लागि उनिहरूले खोज सेवा डटकममा सेवा प्रदायकको रूपमा आफ्नो व्यवसायलाई रजिष्ट्रर तथा अपडेट गर्नु पर्नेछ । यो बम्पर उपहार योजना आगामी छट पर्वको दिनसम्म रहने छ ।  

सेवाग्राही र सेवा प्रदायकबीच सिधा सम्पर्क हुनेगरी इजी एक्सेस प्रा=ली= ले ‘खोज सेवा डट कम’ संचालन गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार